काठमाडौं, जेष्ठ ११: नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राजनीतिक विश्लेषण गर्दै कांग्रेस नेता शिक्षाविद् तथा विकास नीतिका अध्यता युवराज बस्ताकोटीले लेखेको खुला पत्रले राजनीतिक वृत्तमा समयसापेक्षिक देखिएको छ । उनले लेखेका छन्, ”
महामन्त्री गगन थापा ज्यु,
जय नेपाल ।
तीन जना विद्यार्थी भएको कक्षामा प्रथम, द्वितिय र तृतीय भएर पुरस्कार लिएको जस्तो भएको थियो ।
समयसंगै धेरै सक्षम प्रतिस्पर्धिहरु आएका छन्। हिजो गणित जे भए पनि मानिसले सुनिने शब्द तपाईंको हुन्थ्यो यद्यपि तपाईंको कर्पोरेट भेट मसंग कहिल्यै भएको थिएन र हुन पाएको पनि छैन। तपाईंले आफ्नो ठाउँबाट राजनीतिक अभ्यास गरिरहनु भएको छ,जुन सह्रानिय नै छ जुन सञ्चार र साथीहरू मार्फत तपाईंलाई पढिरहेको थिएँ। तपाईं निर्णय दिने स्थानमा पुग्नु भयो । १६ वर्षदेखि अवसरमा नै हुनुहुन्छ। तपाईंको स्वेच्छिक अवकासका लागि ६ बर्ष मात्रै बाँकी छ। तपाईंको निर्णय वा न्यायले आफन्तजन, अन्तर्राष्ट्रिय कनेक्सन र क्लब मेम्मरहरुले त अवसर पाए तर देश बनाउने योगदान गर्लान् कि भन्ने आशा गर्न सकिने शिक्षित अर्गानिक कांग्रेसहरु तपाईंकोमा पुग्न सकेनन् होला । समय ,भूगोल र संगतका कारण पनि होलान्।रियल डेमोक्रेटिक अभ्यास तपाईंको नेतृत्वमा रहेका साथीहरूमा वडा वडामा हुन सकेनन् तर अब त पुर्ण लोकतान्त्रिक विधि अपनाउन आफ्ना साथीहरूलाई निर्देश गर्नु होला भन्ने आशा गर्न सकिन्छ ।
तपाईंको समय त सामान्य अर्गानिक मानिसले विगत २० वर्षमा पाएको नभए पनि कम्तीमा अब एकाधले पाउलान् ।
सुशील कोइराला, भिम वहादुर तामाङ र कुल बाहादुर गुरुङ बाहेक , यस पहिला र अहिलेका पदाधिकारी र केन्द्रीय सदस्य सहज र कामयावि हुन नसकेकै हुन्। मानिसले कम्तीमा तपाईंबाट आंशिक आशा गरिरहेका छन् यद्यपि तपाईं नयाँ नेतृत्व होइन । सभापति बनेर मात्रै साथीहरू सम्झन्छु,।उनीहरुको संरक्षण गर्छु, भन्नू अर्को चिटिङ प्रयास नै हुन्छ; राजनीतिमा। तपाईंलाई जस्तै हामीलाई पनि काम गर्ने हुटहुटी छ। नियत सफा छ। दिमाग पनि छ। योजना पनि छ।
मलाई लाग्छ, यहाँको स्पिचहरुले भन्दा पनि कर्महरुले मानिसमा नव चेतना र नव जागरण आओस्। तपाईंको महत्त्वपूर्ण समयले साथ दिएछ भने कुनै दिन छलफल गर्न सकिएला यद्यपि तपाईंको साथमा रहेका हर साथीलाई म माया र सम्मान नै गर्छु। कम्तीमा अब मानिसहरु तपाईंको मुभले सहजता,साथ देला, संगठनमा रिनासा आउला, मानिसले न्याय पाउलान् ,भन्ने कर्नर अपेक्षा बाँकी नै छ। म पनि आम अन्यायमा परेका साथीहरूको लहरको कुनामा नै छु ,ममा चाहिँ नहुने कुरा भएन।
जय जनता। जय नेपाल ।
युवराज बस्ताकोटी , नेपाली लोकतान्त्रिक नागरिक”








































