काठमाडौं ।
बिज्ञापन बोर्डले ल्याउन थालेको सरकारी बिज्ञापन एकद्वार नीतिको बिरोध गर्दै प्रेस संग आबद्द संगठनहरुले बिज्ञापन बोर्डमा ताला लगाएका छन्। आज बिहान विज्ञापन बोर्डको कार्यालय बबरमहल पुगेर ताला लगाएका हुन्।

नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर, प्रेस युनियन लगायत संघ संस्थाहरुले लोककल्याणकारी तथा समानुपातिक बिज्ञापन बितरण प्रणालीलाई प्रभावकारी बनाउने तथा बिज्ञापन क्षेत्रलाई नियमन गर्ने निकाएका रुपमा स्थापित बिज्ञापन बोर्डमा केहि व्यक्तिको व्यक्तिगत स्वार्थ जोडिन थालेकोभन्दै बिभिन्न संस्थाहरुले आरोप लगाउँदै आएका छन् ।

सरकारी निकाय बिज्ञापन बोर्डले आफै बिज्ञापन व्यवसायको रोजिरोटी खोस्ने गरी व्यापार गर्न खोजिनुले तानाशाही र निरंकुश तन्त्रको झल्को दिएको भन्दै बिभिन्न पत्रकारहरुको संगठनहरुले बिज्ञापन बोर्डका अध्यक्ष लक्षमण हुमागाईंको कार्यकक्षमा ताला लगाएका हुन्।

कार्यक्रम मा बोल्दै नेपाल पत्रकार महासंघ का महासचिब रोशन पूरी , उपत्यका प्रदेश अध्यक्ष श्रीजन झा लगायतले त्यो लगाएको तालाको चाबी सुचना मन्त्री लाई दिने र आफ्ना माग हरु सम्बोधन नभए भोलि बाट कडा खालको आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।








































