Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३६:४२ बिहान
- ADVERTISEMENT -

चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित

प्रकाशित मिति: २०८० जेठ ८, सोमबार

266
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित भएका छन् । विभिन्न बहानामा चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरे ।

गएको वैशाख २८ गते चितवनको बीपी कोइराला मेमोरियल अस्पतालको आकस्मिक केयर युनिटमा खिचिएको नर्स–बिरामीबीचको भिडियो टिकटकमा सार्वजनिक भएको थियो । सोही विषयमा उनीहरू विरोधमा उत्रिएका हुन् ।

नर्सहरूले ‘कसैको चरित्र हत्या गर्न पाइँदैन’, ‘नर्सहरूमाथिको दमन आखिर कहिलेसम्म ?’,‘के नर्सहरूमाथि अत्याचार गर्न पाइन्छ ?’,‘नर्स क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस्’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सामाजिक सञ्जालमा नर्सहरूको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले पेसाकै बदनाम गर्न खोजिएको उनीहरूको गुनासो छ ।

यसैबीच, नेपाल नर्सिङ संघले विज्ञप्ति निकालेर सो घटनाको भर्त्सना गरेको छ । डिउटीमा रहेको नर्स र बिरामीबीचको कुराकानीलाई बिनाअनुमति सामाजिक सञ्जालमा अपलोड गरिएको र त्यसमा आएका प्रतिक्रियाप्रति संघले आपत्ति जनाएको छ ।

घटनाको सत्यतथ्य नबुझी सतही रूपमा टिप्पणी गरिएको र त्यसले नर्सिङजस्तो संवेदनशील पेसामा आँच पुर्‍याएको संघको ठहर छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न संघले माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -