काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उदघाटन खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको हो ।
उज्वेकिस्तानले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२० तथा तेस्रो सेट २५–१४ ले नै जित्यो ।
लगातार तेस्रोपटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपालले समूह ‘ए’ को खेलमा आज साढे ४ बजे किर्गिस्तानसँग खेल्दैछ ।









































