Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२३:३७ बिहान
- ADVERTISEMENT -

ट्राफिक कारबाहीबाट ४० लाख संकलन

प्रकाशित मिति: २०८० जेठ ८, सोमबार

167
Shares

रसुवा । पासाङल्हामु मार्गअन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारी साधन दिनहुँ ट्राफिक कारबाहीमा पर्न थालेका छन् ।

ऐन नियमको पूर्णपालना गरी सवारीसाधन सञ्चालन गर्न ट्राफिक प्रहरीको अनुरोधलाई बेवास्ता गर्ने सवारी चालक कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीले पटक पटक अनुरोध गर्दा यातायात व्यवस्था कार्यालयको अनुमति नल्याउने, सवारी साधन गुडाउँदा साथमा बिलबुक नराख्ने, सवारी चालक अनुमति पत्र नल्याउने गरेका कारण ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको हो । यसरी कारबाही पर्नेमा मोटरसाइकलदेखि सानाठूला सबै प्रकारका सवारी साधन रहेका छन् ।

गत साउनदेखि वैशाख मसान्तसम्म कूल तीन हजार आठ सय ७० सवारी साधन कारबाहीमा परेका छन् । ती सवारी साधनमध्ये ट्रक, टिपर एक हजार नौ सय ३८, यात्रुबाहक बस एक सय ५८, कार, जीप, भ्यान जस्ता हल्का सवारी आठ सय ९४ र मोटरसाइकल आठ सय ८० रहेको ट्राफिक प्रहरीका अभिलेखकर्ता जयराम लामिछानेले बताए ।

साना सवारी साधनका चालकले ठूलाठूला कन्टेनरसमेत चलाई अनियमित गरेको भेटिन थालेपछि ट्राफिक परीक्षण कार्यलाई निरन्तररूपमा तीव्रता दिइएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए । सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकउपर कारबाहीस्वरूप जरिवाना मात्र गर्ने प्रावधानअनुरूप १० महिनाको अवधिमा असुल गरिएको ४० लाख ६५ हजार जरिवाना राज्य कोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

चलु आवको १० महिनाको अवधिमा रसुवाका विभिन्न भागमा सानाठूला गरी १७ सवारी साधन दुर्घटना भएको बताइएको छ । बेत्रावती, मैलुङ स्याफ्रुबेँसीतर्फका नदी किनारको निर्माणाधीन सडकबाट मालवाहक कन्टेनर डिब्बा ओहोरदोहोर भइरहेकाले उक्त क्षेत्रमा पनि ट्राफिक परीक्षण तीव्र पारिएको ट्राफिक प्रहरी हवल्दार हरिचन्द्र दुलालले जानकारी दिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -