काठमाडौं । बागमती प्रदेश खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। दोस्रो संस्करणको प्रतियोगिता प्रदेश स्तरमा खेलाडी उत्पादन, पहिचान र एक्सपोजर प्रदान गर्ने हेतुसहित आयोजना गरिएको हो।
मकवानपुरको हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा हुने समारोहलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गर्नेछन्। विभिन्न १३ खेललाई समावेश गरिएको प्रतियोगितामा कुल २५०० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ।
प्रदेशको १३ जिल्लाका भलिबल , फुटबल , क्रिकेट, रग्बी, तेक्वान्दो, बक्सिङ, कराँते, उसु, जुडो, पौडी,आईटिएफ तेक्वान्दो, एथलेटिक्स, र ब्याटमिन्टनमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता जेठ १३ सम्म सञ्चालन हुनेछ।
प्रदेशमा भएको सम्भावना बोकेको खेललाई समावेश गरेर हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने बागमती प्रदेश पहिलो प्रदेश बनेको छ।
बागमती प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने यो प्रतियोगितालाई अघि बढाएको हो।








































