काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३१, आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका–२७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ८४ हजार ६२० रूपैयाँसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।








































