काठमाडौं, जेठ ४। नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्चअदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न आज दिउँसो १ बजे बैठक बोलाईएको हो । बैठकमा काठमाडौंमा उपलब्धपदाधिकारीहरू सहभागी हुँदैछन् ।
टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्चअदालतले सदर गरेपछि नागरिक उन्मुक्तिले आन्दोलनको घोषणा गरेको छ । उसले यहि जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणासमेत गरेको छ ।








































