कालिका नगरपालिका–४ की २७ वर्षीय रुपा न्यौपाने घिमिरे भरतपुरको जंगलमा मृत भेटिएकी छन् । विदेश जाने भनेर सपिङको लागिपदमपुरबाट नारायणगढ शुक्रबार हिडेकी उनी भरतपुर महानगरपालिका–११ को टाइगर ताल जाने जंगलमा मृत भेटिएकी हुन् ।
घटनाको अनुसन्धान गरिरहेका चितवनका प्रहरी निरीक्षक कुशल कुमार बर्तोलाले रुपालाई जंगलमा झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार , ‘परिवारको भनाईमा उनी शुक्रबार पदपुरबाट नारायणगढ जान हिडेकी थिइन् । एक्कासी बेपत्ताभएपछि आज मृत अवस्थामा भेटिएकी छन् । घटनाबारे थप सोधपुछ र अध्ययन गरिहेका छौं ।
रुपाका साथीहरुको अनुसार उनी एक हप्तापछि आफ्नो श्रीमान रहेको पोर्चुगल जाने तयारीमा थिइन् । श्रीमान पोर्चुगलबाट नेपाल आएरछ महिना बसेर दुई महिना अगाडि मात्र फेरि पोर्चुगल गएका थिए । केही समय अगाडि प्रभु इन्सुरेन्स टाँडीमा उनी शाखा प्रमुखको रुपमाकार्यरत रहेकी थिइन् । उनी के कारणले त्यस्तो अवस्थामा भेटिइन् , आफैँ झुण्डिएकी हुन् वा कसैले झुन्डाएर हत्या गरेको हो भन्ने बारेमाचितवन प्रहरीले अनुसन्धान गर्दै छ ।








































