काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।नेपाली कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो ।
तर शेर्पा यो प्रकरणमा ठूला नाम संलग्न भएको र पक्राउ पर्न थालेपछि मोवाइल स्वीचअफ गरेर फरार रहेका छन्। शेर्पाले यो प्रकरणमापक्राउ परेकाहरुलाई भेटेर पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको नाम नपोल्न आग्रह गरेको बताइएकोछ।
शेर्पा २०७० सालको निर्वाचनमा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।








































