Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१८:३९ बिहान
- ADVERTISEMENT -

काठमाडौँको माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

प्रकाशित मिति: २०८० वैशाख ३०, शनिबार

186
Shares

काठमाडौँ– माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ। शनिबार बिहान ११ बजेदेखि भएको प्रदर्शनमा विभिन्न संघसंस्था, राजनीतिक दलसहित स्वतन्त्र अभियान्ताको सहभागिता छ।

रास्वपा सभापति तथा सांसद रवि लामिछाने, सांसद सुमना श्रेष्ठ, सांसद आशिम शाह, डा. गोविन्द केसीलगायत सहभागी भएर प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर करोडौँ रकम ठगी भएको घटनामा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नता देखिएपछि देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध प्रदर्शन हुन थालेको छ। 

सहभागीले भ्रष्टाचार र सरकारविरुद्ध आक्राेश पाेखेका थिए। रास्वपाका सांसद शाहले आफू भ्रष्टाचारविरुद्ध सशक्त रूपमा सदन र सडकमा उभिएको बताए। राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको उनको भनाइ छ।

प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गरिन्। प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ? भन्दै उनले सरकारसँग प्रश्न गरिन्। भ्रष्टाचारविरुद्ध सबै नागरिकले आवाज उठाउनुपर्ने उनको भनाइ छ।

यस घटनामा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

‘कुरा सिधै प्रस्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौँ हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘ठूला नारा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौँ पर्ने महल तिमीलाई कसले किन्दियो?’ ‘टोपबहादुर कि टापबहादुर’जस्ता नारासहित उनीहरूले प्रदर्शन गरेका हुन्।

उकालोबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -