Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१०:२४ दिउँसो
- ADVERTISEMENT -

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीले ३ महिनापछि अवकाश पाउने

प्रकाशित मिति: २०८० वैशाख २६, मंगलबार

186
Shares

काठमाडौ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । परिषद्को सोमबार बसेको बैठकले वरिष्ठताको आधारमा कार्कीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो। कार्कीले अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ। तर संसदीय सुनुवाइ विशेष समिति भने अहिलेसम्म बनेको छैन। कार्की अवकाश पाउन करिब तीन महिना बाँकी रहेको छ। कार्कीले आउँदो श्रावण २० गते उमेर हदका कारण अवकाश पाउनेछ। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष उमेर पुगेपछि अवकाश पाउने व्यवस्था छ।तीस वर्ष वकालत पेसामा रहेका कार्की २०७२ सालमा महान्यायाधिवक्ता भएका थिए । त्यसअघि उनी नेपाल बार एसोसिएसनको अध्यक्ष रहेका थिए । उनले २०७३ साल साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

गएको असोजदेखि उनी कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका छन्। सर्वोच्च अदालतमा करिब १५ महिनादेखि प्रधानन्यायाधीश नियुक्ति रिक्त रहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ फागुन १ गतेदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ। जबरापछि कायममुकायमको भरमा अदालत चलिरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -