Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४४:२७ दिउँसो
- ADVERTISEMENT -

जनताको समस्या र भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएर विरोध गरेको हुँ : सांसद सिंह

प्रकाशित मिति: २०८० वैशाख २५, सोमबार

277
Shares

काठमाडौँ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आम जनताको समस्या र देशमा मौलाएर गएको भ्रष्टाचारको विरुद्धमा आफू अर्धनग्न भएर विरोध गरेको बताएका छन् ।

खबरहबसँग विशेष कुराकानी गर्दै सांसद सिंहले सोमबार बसेको संसदीय दलको बैठकमा नक्कली भुटानी शरणार्थी बनाएर ठूलो मात्रामा भ्रष्टाचार भएको विषयमा बोल्न खोज्दा समय नपाएपछि आफूले विरोध जनाएको बताए ।

सम्बन्धित मन्त्री, सचिव या अन्य सबैलाई कानूनको दायरामा लगेर निष्पक्ष ढङ्गबाट निर्णय हुनुपर्छ भन्दा आफूलाई बोल्न समय नदिएको उनको जिकिर छ ।

उनले नेपालमा भ्रष्टाचारको परिभाषा साना मान्छे वा साना कर्मचारीलाई मुद्दा लगाउने र ठूला राजनीतिक तहका नेताहरूलाई उम्काउनेजस्तो भएको टिप्पणी गरे ।

उनले आफूलाई पीडित र अभियुक्तको बयान फेर्न र अनुसन्धानको दायरलाई साँघुरो बनाउन खोजिएको भनेर नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारी र महान्यायाधिवक्ता कार्यालयका उच्च पदस्थ पदाधिकारीले संसदमा आवाज उठाउन आग्रह गरेको बताए ।

यसै विषयमा बोल्न खोज्दा आफूलाई समय नदिएपछि विरोधस्वरुप अर्धनग्न भएको उनको भनाइ छ । तोडफोड, हत्याहिंसामा आफूले विश्वास नराख्ने भन्दै उनले आफ्नै शैलीमा विरोध जनाएको बताए ।

१५ वर्षको भ्रष्टाचारका कारण नेपाली समाज अर्धनग्न भइसकेको उल्लेख गर्दै उनले आफूले जनताको चित्कार सुनेर विरोध जनाएको बताए । विरोधको यस्तो शैली मेक्सिको, क्यानडा लगायतका धेरै ठाउँमा पनि अभ्यासमा रहेको उनले बताए ।

विरोधको आफ्नो शैलीबाट कसैलाई असर परेको भए क्षमा गरिदिन समेत उनले आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -