गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
गृह मन्त्रालयले आइतबार आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’मा उनले यस्ताे बताएका हुन् ।

कार्यशालामा उठेका विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै उनले यहाँबाट आउने सुझाबलाई गृह मन्त्रालयले समयअनुसार सशक्त कार्यान्वयनमा लैजाने बताए । राष्ट्रिय योजना आयोगकी कमलाकुमारी पौडेलले द्वन्द्वको समयमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा चपेटामा परेको बताइन् ।
द्वन्द्वकालमा हजारौँ बलात्कारका घटना घटे तापनि उक्त घटना अझैसम्म बाहिर आउन नसकेको गुनासो गर्दै पौडेलले गृह मन्त्रालयले तयार गरेको सम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको सफल कार्यान्वयनमा सरकार लाग्नुपर्ने बताइन् ।








































