Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१९:५४ बिहान
- ADVERTISEMENT -

सप्तरीमा एकैदिन तीनजनाले गरे आत्महत्या

प्रकाशित मिति: २०८० वैशाख २४, आइतबार

243
Shares

सप्तरी। सप्तरीमा आइतबार तीनजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये दुईजना महिला र एक जना पुरूष छन् ।

राजविराज नगरपालिका–१ डुमरीका महेशप्रसाद यादवका १८ वर्षिया छोरी की बेबी भन्ने देव कुमारी यादव, राजविराज नगरपालिका–६ खर्साल टोल बस्ने  शिसन मण्डलको ३५ वर्षीया श्रीमती तिलाठी मण्डल र राजविराजकै वीरेन्द्र साहका २६ वर्षीय छोरा विवेक साहले आइतबार आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार देव कुमारीले आफ्नै सुत्ने कोठाको फलामको बलोमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । घरायसी विवादका कारण नाम नखुलेको विषादी सेवन गरेकी तिलाठीको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रवक्ता सिंहले बताए ।

विवेक भने होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी फतेपुर सप्तरीले जनाएको छ ।  सप्तकोसी नगरपालिका–१ फतेपुर चोकस्थित रहेको इन्द्रेणी होटल एण्ड लजको कोठा नम्बर १०४ मा झुण्डिएर विवेकले आत्महत्या गरेका हुन् ।

उनी शनिबार साँझ होटेल पुगेर बास बसेका प्रहरीको भनाइ छ । होटल सञ्चालक अशोक चौधरीले बिहान कोठाहरू चेकजाँच गर्ने क्रममा कोठा खोलेपछि झ्यालबाट हेर्दा विवेक सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डिएको देखेका हुन् ।

यी तीनवटै घटना आत्महत्याजस्तो देखिए पनि विभिन्न कोणबाट अनुसन्धान भने भइरहेको प्रहरी प्रवक्ता सिंहले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -