काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वय सुरेन्द्रराज आचार्य र महिन्द्र राय यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र यसअघि सो मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्य र यादवलाई मन्त्रीका नियुक्त गरेका थिए ।
यसपछि राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय आचार्य र यादवले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका सचिव सागर आचार्यले जानकारी दिए ।








































