Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१४:१६ दिउँसो
- ADVERTISEMENT -

टेलिफोन, इन्टरनेटका तारमा क्षति नपुर्‍याउन दूरसञ्चार प्राधिकरणको महानगरलाई अनुरोध

प्रकाशित मिति: २०८० वैशाख २४, आइतबार

214
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तारमा क्षति नपुर्‍याउन अनुरोध गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले दशकौंदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवथापन गर्न कठिनाइ हुने साथै दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न काम भइरहेको प्राधिकरणले उल्लेख गरेको छ।

प्राधिकरणका अनुसार अहिले दीर्घकालीन रूपमा तारलगायत अन्य युटिलिटीहरूको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भइरहेको छ्र

त्यस्तै दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको छ।

अव्यवस्थित रूपमा रहेको तारहरूलाई अल्पकालीन रूपमा व्यवस्थापन गर्ने क्रमममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरि, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघरलगायत पाटन दरबार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बन्डलिङ गरिएको पनि प्राधिकरणले जनाएको छ।

प्राथमिकताको आधारमा अन्य रूटमा समेत योजना बनाएर तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने प्राधिकरणले उल्लेख गरेको छ।

साथै इन्टरनेट सेवा अति आवश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जादा बैंक, हवाई सेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सर्भिस अवरूद्ध हुन जाने ‍उल्लेख गर्दै प्राधिकरणले यसको पूर्वाधारमा क्षति पुर्‍याउने कार्य दूरसञ्चार ऐन, २०५३ अनुसार दण्डनीयसमेत हुने हुनाले यसको पूर्वाधारमा क्षति पुग्ने कार्य नगर्नरनगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउन अनुरोध गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -