पोखरा, नेपाली कॉंग्रेस गण्डकी प्रदेश प्रमुख सचेतकमा गण्डकी प्रदेश सांसद नन्द प्रसाद न्यौपाने लाई मनोनित गरिएको छ ।
माननीय नन्दप्रसाद न्यौपाने जी. गण्डकी प्रदेश, पोखरा ।
विषय : मनोनयन सम्बन्धमा ।
नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम तपाईलाई दलको प्रमुख सचेतकमा मनोनयन गरेको छु । आफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वाका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जय नेपाल।
सुरेन्द्रराज पाण्डे नेता, प्रदेश संसदीय दल नेपाली कांग्रेस, गण्डकी प्रदेश









































