गोरखा , भिमसेनथापा गॉंउपालिका-४ भगबति मा बी चौतारा मा आज जेष्ठ नागरिक संघ गोरखाको प्रायोजन र सामाजिक विकास कार्यलय गोरखाको आयोजनामा”जेष्ठ नागरिकको ज्ञान तथा अनुभव सम्बन्धि अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर सम्वाद “कार्यक्रम जेष्ठ नागरिक संघ गोरखाका अद्द्यक्ष श्री मोहनलाल श्रेष्ठको अद्द्यक्षता र सामाजिक विकास कार्यलय गोरखाका प्रमुख श्री दिपेन्द्र परियार को प्रमुख आतिथ्यतामा सम्पन्न भयो।कार्यक्रममा श्री गोपाल बाबु मरहट्टा ज्यू ले विषयवस्तुमा आधारित प्रशिक्षण दिनु भएको थियो ।
भिमसेनथापा गा. पा. शिक्षा शाखा प्रमुख श्री यान बहादुर नेपाली , विद्यालयका प्र.अ. श्री चन्द्र प्रसाद भट्ट , विद्यालयका सस्थापक श्री खडानन्द भट्ट ,का. पा. सदस्य श्री टङ्क कुमारी वि. क.र वि. व्य. स. सदस्य श्री सुजिना सोडारीले आ-आफ्नो मनतव्य राखदै कार्यक्रमका अध्यक्ष ज्यूबाट पुस्ता हस्तान्तरण सम्बन्धि कार्यपत्र पेश गर्नु भएको थियो।
जसमा १२ जना बृद्द्बृद्दालाई खाजाखर्च र बाटो खर्च साथै ८,९र १० का विद्यार्थी साथै अभिभावक ,शिक्षक उपस्थित सबैलाई खाजा को ब्यबस्था पनि गरिएको थियो।








































