काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । रास्वपाको सोमबार बसेको
पार्टी केन्द्रीय समिति बैठकले संसदीय दलको नेता बनाउने निर्णय गरेको प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

संसदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएपछि रिक्त रहेको संसदीय दलको नेतामा लामिछाने चयन भएका हुन्।








































