अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पैचो पसलसँगको सहकार्यमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरण कार्य सुरु गरेको छ ।

बुटवलमा रहेको पैचो पसलसँगको सहकार्यमा संचालनमा आएको अभियानले कृषकका उत्पादनहरुको बजार सुनिश्चितताको समेत अवसर सिर्जना हुने भएको हो। गाउँपालिका भित्रका विभिन्न ठाउँमा संकलन केन्द्र तोकिएको छ ।
। फरक-फरक दिन ति ठाउँबाट कृषि उपजहरु संकलन र बजारीकरण गरिने सोहि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ बताउनुभएको हो । यो अभियानले स्वरोजगारी आयआर्जन वृद्धि पुग्ने अपेक्षा राखिएको उहाँको तर्क छ ।

त्यस्तै, कृषकले उत्पादन गरेका वस्तु अब खेर नजाने सोहि गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो। स्थानीयस्तरमा उत्पादन गरेका नगदेबाली र फलफूल लगायतका कृषिजन्य वस्तुको बजारको बजारीकरण गरेकोमा स्थानीयवासी पनि निकै खुशी भएको उहाँले बताउनुभयो।

साथै आफुले उत्पादन गरेको कृषिउपजहरु खेरा जानबाट रोकिदिएर गाउँपालिकाले कृषकको मनोबल उच्च गराईदिएको भन्दै कृषकहरुले गाउंपालिकालाई धन्यवाद समेत दिएका छन्।








































