काठमाडौ । नवलपरासी जिल्ला कावासोती नगरपालिका , नवलपुर ( सुस्ता पुर्व ) स्थायी घर भई काठमाडौंमा बिभिन्न पेशा तथा व्यवसाय गरेर बसोबास गरेकाहरुको बनभोज तथा नयाँ बर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आपसी भाईचाराको सम्बन्धलाई अझ बढी बलियो बनाउदै लैजाने मुलभुत उद्देश्यका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले गैर राजनैतिक तथा गैर नाफामुलक सामाजिक संस्था पनि गठन गरेको छ ।

सुख दु:ख को साथी , सुख मा पनि सगै रमाउने र दु:खमा पनि सगै मलम लगाउने नाराका साथ सबैको साझा चौतारीको रुपमा संस्थाको नाम ” कावासोती काठमाडौं चौतारी” राखिएको छ । जसलाई छोटकरिमा का. का. चौतारी भनिने बताईएको छ ।
संस्थाको मुख्य उद्देश्य कावास्वोती नगरपालिका , नवलपुर अन्तर्गत स्थाइ घर भई काठमाडौंमा छरिएर रहनुभएका सम्पूर्णलाई एउटै छाता मुनी समेटेर एक आपसमा सहयोगको भावना राखी हरेक सुख दु:ख साथै हरेको समस्यालाई आफ्नै समस्या सम्झेर समाधान गर्ने अध्यक्ष अर्जुन रिजालले बताएका छन ।
साथै यस चौतारीले कावासोती नगरपालिका र कावास्वोती नगरपालिका स्थाइ घर भई काठमाडौंमा बिभिन्न पेशा तथा व्यवसाय गरेर बसोबास गरेर बसेकाहरुको बिचमा पनि बलियो सम्बन्ध स्थापित गरी कावास्वोती नगरपालिका , नवलपुर अन्तर्गत बिभिन्न क्षेत्रको सहयोगमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा चौतारीका नवनिर्वाचित ( सर्वसम्मतले ) अधक्ष्य अर्जुन रिजालले बताएका हुन ।
कार्यसमिती यस प्रकार रहेका छन :
अध्यक्ष : अर्जुन प्रसाद रिजाल
उपाध्यक्ष : नवराज अर्याल
कोषध्यक्ष: महेश श्रेष्ठ
सचिव : जानुका पन्त
सह सचिव: पुष्कर जम्कट्टेल
सदस्य : समन्त श्रेष्ठ
सदस्य: लोकराज महतो
सदस्य: रामकुमार श्रेष्ठ
सदस्य: सृजना बस्नेत
सदस्य: तारा के सि
सल्लाहकार
:अर्जुन ढुङ्गाना
: पुरुसोत्तम सिम्खडा
: कृष्ण बहादुर रिमाल
: राजन कु श्रेष्ठ
: ईश्वरि भट्टराई
: पदम भट्टराई
: दुर्गा रिजाल








































