काठमाडौं- नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वर्षा भएपछि रोकिएको हो ।

नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १ सय ४१ रन जोडेको अवस्थामा खेल रोकिएको छ ।








































