काठमाडौं ।
कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले संस्थागत विद्यालय शाखामा लगाएको तालाबन्दी काठमाडौं महानगरपालिकाले फोडेको छ। महानगरले विद्यालयभित्र राजनीतिक दल र दलका भ्रातृ संगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेको विरोधमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार लगाएको ताला फोडिएको हो ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एक अमुक दलगत शैक्षिक संगठनले महानगरको शिक्षा विभागमा ताला लगाउने गरेको दुष्प्रयास विफल पारेको जनाएका छन् । उनले लेखेका छन्, – ‘काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ ।’

महानगरले भ्रातृ संगठनको कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने बताएको छ ।








































