Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५०:४० दिउँसो
- ADVERTISEMENT -

गुणस्तरहीन दूध बेच्‍ने तीन डेरीलाई कारबाही

प्रकाशित मिति: २०८० वैशाख १५, शुक्रबार

220
Shares

काठमाडौं । दूधमा आवश्यक गुणस्तरको मात्रा नपुगेको पाइएपछि रामेछापको मन्थलीमा सञ्चालनमा रहेका सबै तीन वटा डेरी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीबाट उपभोक्तालाई बिक्रीका लागि तयार पारिएको दूध शुक्रबार आकस्मिक रुपमा परीक्षण गराएको थियो ।

परीक्षणमा दूधमा हुनुपर्ने न्यूनतम फ्याट र सीएनएफ नभेटिएपछि तीन वटै डेरीलाई कारबाही गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार उपभोक्ताको गुनासोको आधारमा पहिलो पटक मन्थलीका डेरीबाट बिक्रीका लागि तयार भएको दूध परीक्षण गरिएको हो । परीक्षणमा न्यून गुणस्तरको दूध फेला परेकाले पहिलो पटक प्रत्येक डेरीलाई १५ हजारका दरले जरिवाना गरीएको हो । यसपछि पनि गुणस्तरको बारेमा गुनासो आएमा कडा कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको घिमिरेले बताए । रामेछापमा रहेका डेरीले केही दिनअघि उपभोक्ताको हित प्रतिकूल हुने गरी दूध–दही, घ्युको मूल्य वृद्धि गरेका थिए ।

उक्त मूल्य प्रति उपभोक्ताको गुनासो स्थानीय प्रशासनमा पुगेपछि सर्वपक्षीय भेला बसेर मूल्यमा पुनरावलोकन गरिएको थियो । डेरीले गाईको दूधप्रति लिटर १ सय र भैंसीको दूध प्रति लिटर १ सय २० रुपैयाँ निर्धारण गरेका थिए । निमित्त प्रजिअको संयोजकत्वमा बसेको बैठकले गाईको दूधको मूल्यमा ५ रुपैयाँ घटाउने निर्णय गरेको थियो । तर उपभोक्ताले भने उक्त मूल्य पनि अधिक रहेको गुनासो गर्दै आएका छन् । यसअघि गाईको दूध प्रतिलिटर ८० रुपैयाँ थियो । डेरीले किसानबाट प्रतिलिटर ७४ रुपैयाँमा गाईको दूध खरिद गर्ने गरेका छन् । दूध बिक्री गर्दा अधिक मूल्य तोके पनि किसानले पाउने मूल्यमा वृद्धि नगरेकाले डेरी प्रति दूध बिक्रेता किसान समेत रुष्ट रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -