Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:३६ दिउँसो
- ADVERTISEMENT -

वायु प्रदुषणका कारण दीर्घरोगको समस्या बढ्दै

प्रकाशित मिति: २०८० वैशाख १५, शुक्रबार

215
Shares

काठमाडौं । केही समयअघि विश्वमै सबैभन्दा बढी प्रदुषित सहर बनेको काठमाडौंमा सामान्य वर्षाका कारण केही सुधार आएको छ । देशैभरको वन डढेलोका कारण काठमाडौं लगायत देशैभर प्रदुषण बढेको हो । काठमाडौं उपत्यकाका लगायत स्थानको वायुको स्थिति खस्कदो अवस्थामा छ ।

जसका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । वायु प्रदुषणले समान्य रुघाखोकी, स्वास प्रश्वासको समस्या मात्र नभएर क्यान्सर र मस्तिष्कघात जस्ता दीर्घ रोगको जोखिम समेत बढाएको छ । केहि साताअघि काठमाडौं उपत्यकाको वायुको अवस्था यतिसम्म खस्कियो कि संसारकै सबै भन्दा बढी प्रदूषित सहरको सूचीमा पर्न गयो । सामान्य वर्षापछि सामान्य सुधार आयो । तर अहिले पनि काठमाडौको वायुको अवस्था हेर्ने हो भने स्वथ्यकर देखिदैन । डब्लुएचको मापदण्ड अनुसार हावामा पीएम–२.५ को मात्रा १० माइक्रोग्राम प्रतिमिटर क्युबभन्दा बढी हुनुहुँदैन । तर हाम्रो हावाको गुणस्तर हेर्ने हो भने विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा आठ गुणा भन्दा बढी हानिकारक कार्बनसमेत फेला परेका छन् ।

वायुको स्तर विग्रदा यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असरदेखि दीर्घकालीन असर समेत पार्ने गर्दछ । पछिल्लो समय छाती दुख्ने, नाक सुख्खा हुने जस्ता समान्यदेखि दीर्घकालीन रोगका बिरामी बढ्दै गएको चकित्सकहरु बताउँछन् । विश्वमा ९९ प्रतिशत मानिसहरु प्रदुषित वायु भएको ठाउँमा बस्ने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनकाअनुसार वायु प्रदुषणका कारण वर्सेनि विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार भन्दा बढिको मृत्यु हुने गरेको छ । काठमाडौमा मात्रै पाँच हजार भन्दा बढिको वायु प्रदुषणकै कारण मृत्यु हुने गरेको देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -