काठमाडौं ।
नेपाल राष्ट्र बैंकको ६८ औं बार्षिकोत्सव सम्पन्न भएको छ। वार्षिकोत्सव समारोह बिहिबार बैंकको केन्द्रीय कार्यालय (बालुवाटार) को प्रांगणमा सम्पन्न भएको हो।
वार्षिकोत्सव समारोहमा बोल्दो पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिदेशी विनिमय दरमा पछिल्लो समयमा आएका सुधारका कारण बैंकिङ तरलतामा सुधार आएको बताएका छन । उनले भने,‘बिदेशी बिनिमय दरमा पछिल्लो समयमा आएका सुधारका कारण बैंकिङ तरलतामा सुधार आएको छ ‘ब्याजदरमा परेको दबाब कम हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् ।’ उनले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

त्यसैगरी नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंक पूर्ण स्वायत्त हुनु आवश्यक रहेको बताएका छन् । आफू गर्भनर हुँदा समेत राष्ट्र बैंक पूर्ण स्वायत्त रहेको कुरा स्मरण गर्दै विभिन्न ऐन संसोधन हुँदै यसमा नियन्त्रण गर्ने प्रयास भएको दुख व्यक्त गरे ।
उक्त विशेष समारोहमा बैंकका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व कार्यकारी निर्देशक, पूर्व निर्देशक सहभागी भएका थिए।








































