Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२२:५९ दिउँसो
- ADVERTISEMENT -

सिमानाका तथा भन्सार कडाई गर्न उद्योगी व्यवसायीको माग

प्रकाशित मिति: २०८० वैशाख १५, शुक्रबार

198
Shares

बुटवल।
खुला सिमानाका तथा सरकारको खुकुलो भन्सार नीतिका कारण नेपाली उद्योगी व्यवसायी मारमा परेको औंल्याउँदै बुटवलका उद्योगी व्यवसायीहरुले सिमानाका र खुकुलो भन्सार नीतिलाई कडाई गर्न माग गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बिहिबार आयोजना गरेको बस्तुगत समितिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बस्तुगत समितिका सभापतिहरुले सरकारको खुकुलो भन्सार नीतिका कारण नेपाली व्यवसायी मारमा परेको र सरकारको राजश्व संकलनमा समेत नकारात्मक असर परेको बताएका हुन् ।

कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष नवराज श्रेष्ठले भन्सार जाँचलाई कडाई गर्नुपर्ने बताउँदै सिमा पारीबाट ल्याउने सम्पूर्ण माल बस्तुमा भन्सार लिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले यो समस्या बुटवलको मात्रै नभएको र आसपासका अन्य संघसंस्थासंग समन्वय र सहकार्यमा जोड दिँदै नेपाली उपभोक्तामा पनि सचेतना गराउनु पर्ने भनाई राखे । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले मुलुकको गिर्दो अर्थतन्त्रका कारण यस क्षेत्रको व्यापार व्यवसाय पनि खस्किँदै गएको बताउँदै खस्किँदो व्यापार व्यवसायलाई कसरी संरक्षण गर्न र उठाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायीसंग सुझाव सल्लाह लिईएको र व्यवसायीले दिएका सुझाव सल्लाह अनुसार समाधानको पहलकदमी लिईने बताए । खुल्ला सिमानाका र खुकुलो भन्सार नीतिका कारण नेपाली उद्योगी व्यवसायी मारमा परेको बताउँदै उनले यहाँका उद्योगी व्यवसायीलाई बचाउन भन्सारमा कडाई गर्न गुमिरहेको राजश्व संकलन गर्न पनि उनले सरकार गम्भिर हुनु पर्ने बताएका छन्।

कार्यक्रममा कपडा व्यवसायी बस्तुगत समितिका सभापति अनिल चुकेले नेपाली उपभोक्ताका कारण सिमापारीको व्यापार चम्किरहेको र नेपाली बजार सुनसान भएको बताउँदै भन्सारमा कडाई गर्ने हो भने केही हदसम्म भएपनि सुधार हुने बताए । त्यस्तै मोटर पार्टस, टायर बस्तुगत समितिका सभापति लक्ष्मण ज्ञवालीले चोरी निकासीका कारण वैध व्यवसायीलाई समस्या भएको बताए। उनले चोरी निकासी नियन्त्रणका लागि पहल गर्न आग्रह गरे । फेन्सी बस्तुगत समितिका उपसभापति अरुणकुमार श्रेष्ठले बुटवलको मात्रै नभएर यस क्षेत्रका सबै बजारको समस्या भएको बताउँदै यस क्षेत्रका अरु संघहरुसंग पनि सहकार्य गरेर समस्या समाधानको लागि पहल गर्नुपर्ने भनाई राखेका थिए । फुड एण्ड वेभरेज बस्तुगत समितिका सभापति कृष्णप्रसाद पाण्डेले कोरोना महामारीको समयमा सिमानाका बन्द हुँदा बरु राम्रो व्यापार भएको बताउँदै खुल्ला सिमानाका यहाँका व्यवसायीको प्रमुख समस्या भएको बताए। दैनिकउपभोग्य बस्तुगत समितिका सभापति नारायणप्रसाद भुसालले पारीबाट किनमेल गरेर ल्याउने सामानमा भन्सार गर्ने परिपार्टी मिलाउने हो भने यहाँका सबै प्रकारका व्यवसायीको समस्या समाधान हुने बताए । ‘जना पाईँदैन भन्न त मिल्दैन, भन्सार नगरीकन ल्याउनै नपाईने व्यवस्था मिलाउने हो भने पारी जाने प्रबृत्तिको पनि अन्त्य हुन्छ र सरकारलाई राजश्व संकलनमा पनि सहयोग पुग्छ ।’ उनले भने।

डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारीले एउटा विवाहको कार्ड देखाउने हो भने सिंगो पसललाई पुग्ने लत्ता कपडा पारीबाट ल्याउन सकिने बताउँदै यसलाई रोक्नको लागि संघले पहल गर्नुपर्ने भनाई राखे । संघका महासचिव बिमलराज भट्टराईको धन्यवादमा भएको कार्यक्रममा कार्यसमिति सदस्यहरु प्रकाश श्रेष्ठ, प्रतिक पोखरेल, व्यवसायीहरु सुनिता वञ्जाडे, कृष्ण पन्थ लगायतले भनाई राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -