Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३५:२२ दिउँसो
- ADVERTISEMENT -

प्रदेश सरकारमा नेतृत्व विहीन बन्दै एमाले

प्रकाशित मिति: २०८० वैशाख १४, बिहीबार

164
Shares

काठमाडौं ।
संघीय सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सरकारमा पनि नेतृत्वविहीन बन्दै गएको छ । केन्द्रीय सत्तामा गठबन्धन फेरबदल भएपछि पार्टीले नेतृत्व गरेका चार प्रदेश सरकारमध्ये तीनवटा प्रदेश सरकार ढलेसँगै प्रदेशको नेतृत्बाट समेत एमाले च्युत भएको हो ।

मंसिर ४ को निर्वाचनपछि बनेको एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धनबाट शक्ति बाँडफाँट गर्दा एमालेका भागमा परेको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाउन नसकेपछि ती प्रदेशमा एमाले सरकार ढलिसकेका छन् । अहिलेसम्म एमाले नेतृत्वको सरकार केवल कोसी प्रदेशमा मात्रै बाँकी छ । कोसी प्रदेशसभामा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका आठ दलीय सत्ता गठबन्धन र वर्तमान प्रदेश सरकार गठबन्धनको बराबरी संख्या भएकाले एमाले सरकार कायमै छ ।

कोसीमा राप्रपाले एमालेलाई दिएको समर्थनसहित सत्ता सहयात्रा कायमै राखेको छ । बागमतीमा राप्रपा सरकारबाट बाहिरिएपछि कांग्रेससहितको गठबन्धनले माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएर निरन्तरतामा सहयोग गरेका हुन् । त्यस्तै, कर्णली प्रदेशमा माओवादीका राजकुमार शर्माले मुख्यमन्त्रीको जिम्मेवारी निरन्तरता पाउनुभएको छ भने मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -