Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४५:३६ दिउँसो
- ADVERTISEMENT -

आर्थिक क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छः अर्थमन्त्री महत

प्रकाशित मिति: २०८० वैशाख १४, बिहीबार

221
Shares

मोरङ – अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रको समस्या सम्बोधन गर्दै सरकार बजेट ल्याउने तयारीमा रहेको बताएका छन्। विराटनगरमा अर्थ मन्त्रालय राजश्व परामर्श समितिद्वारा आयोजित अन्तर्क्रियामा अर्थमन्त्री महतले आर्थिक क्षेत्रमा देखिएको शिथिलता र निरासाप्रति सरकार संवेदनशील रहेको बताए।

मौद्रिक नीतिलाई खुकुलो गर्नुपर्ने अवस्था आइसकेको उनले बताए। उनले भने, ‘अहिलेको आर्थिक अवस्थामा महत्वपूर्ण देखिएको मौद्रिक नीति खुकुलो बनाउन जरुरी छ। यस विषयमा औपचारकिर र अनौपचारिक रुपमा राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु। उहाँहरुको नीतिगत निर्णय आउने विश्वाससहित पर्खेर बसेको छु।’

ब्याजदरले समस्या सिर्जना गरेको बताएका अर्थमन्त्री महतले भने, ‘ब्याजदरसँगै मौद्रिक नीतिका अन्य भागले समेत बजारमा पुँजी प्रवाह हुन सकेको छैन। अहिले मौद्रिक नीतिमार्फत पनि पुँजी प्रवाह गर्न आवश्यक छ।’

सरकार अर्थतन्त्रको नकारात्मक पाटोलाई सुधार गर्दै अर्थ क्षेत्रलाई सकारात्मक बनाउनेतर्फ लक्षित रहेको उनले बताए। राजश्व बढाउनका लागि उद्योग व्यवसाय बढ्नुपर्नेमा जोड दिएका अर्थमन्त्री महतले राजश्व र उद्योग कलकारखानाको वृद्धिसँगै मुलुकको बजेट बढ्ने उल्लेख गरे। जसले पूर्वाधार विकासका आकांक्षा, ओझेलमा परेका वर्ग समूहको विकास गर्न सकिने उनको भनाइ थियो।

आर्थिक गतिविधि बढेमात्रै राजश्वमा वृद्धि हुने बताएका मन्त्री महतले कर बढी लगाए मात्र राजश्व बढ्ने मानसिकताबाट बाहिरिन आवश्यक रहेको बताए। उनले भने, ‘राजश्व बढाउन कर बढी लगाउनुपर्छ भन्ने मान्यताबाट बाहिरिनुपर्छ। छिमेकी राष्ट्रको सीमामा हुने व्यापार र मूल्यको विषयमा जानकारी राख्दै राजश्वका दरहरुबारेमा निष्कर्षमा पुग्नु पर्छ।’

रेल्वे सञ्चालनका लागि देखिएका बाधा अवरोधबारे अर्थमन्त्री महतले कार्गो र यात्रुको सहजताका लागि सञ्चालनमा आउने रेल्वे सेवाको काम चाँडै सम्पन्न हुनेमा विश्वस्त रहेको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -