Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०५:०० दिउँसो
- ADVERTISEMENT -

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पक्का, पछि हट्यो माओवादी

प्रकाशित मिति: २०८० वैशाख १४, बिहीबार

320
Shares

गण्डकी प्रदेशको चौँथो मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बन्ने पक्का भएको छ । नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गर्ने दाबीबाट पछि हटेसँगै कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार बनाउने दाबी प्रस्तुत गर्न दिएको समय बिहीबार ४ बजे सकिँदै छ । सरकारमा दाबी प्रस्तुत गर्न जानुअघि अहिले कांग्रेस–माओवादीका सांसदहरू पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा बैठकमा बसेका छन् । दिउँसो ३ बजे कांग्रेस र माओवादीका सांसद प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा छन् ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न गत आइतबार आह्वान गरेका थिए । आज ३ बजे कांग्रेस, माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसद सरकारमा दाबी प्रस्तुत गर्न प्रदेश प्रमुखको कार्यालय जाँदैछन् ।

दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख गुरूङले आजै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । गण्डकीमा नयाँ सरकार गठन गर्न कांग्रेसका २७, माओवादीका सभामुखबाहेक ७ र एकीकृत समाजवादी प्रवेश गरेका एक जना स्वतन्त्र सांसद एक ठाउँ छन् ।

केन्द्रमा गठबन्धन फेरिएर माओवादीले चैत १० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतसम्बम्धी प्रस्ताव राखेका थिए । संसदबाट विश्वासको मत नपाएपछि गत वैशाख ९ गते एमाले नेता अधिकारी नेतृत्वको सरकार ढलेको थियो । शिलापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -