काठमाडौं । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेल अन्तर्गत नेपाल र कतारबीचको खेल जारी छ ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको कतारले चौथो विकेट गुमाएको छ । नेपाली बलर सोमपाल कामीले नेपाललाई चौथो सफलता दिलाएका हुन् । उनको यस खेलमा यो दोस्रो विकेट हो ।
यसअघि सन्दीप लामिछाने र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल कतारले १० ओभरमा ४ विकेट गुमाएर ३२ रन बनाएको छ ।
जारी एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा पुगिसकेको छ भने कतार प्रतियोगिताबाट बाहिरिइसकेको छ । आजको खेलपछि समुहको विजेता र उपविजेताको टुंगो लाग्ने छ । समुह ए मा ओमान ४ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।









































