- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मुलुकको व्यवस्थामाथि प्रहार भइरहेको छ : मन्त्री शर्मा

April 27, 2023
185
Shares
- ADVERTISEMENT -

दाङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक व्यवस्था माथिको प्रहार हुँदै आइरहेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुकले प्राप्त गरेको व्यवस्था र उपलब्धि माथि कुनै न कुनै तवर तरिकाले प्रहार हुँदै आइरहेको बताएकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

मुलुकले प्राप्त गरेको उपलब्धि र व्यवस्था माथि कुनै कमी कमजोरी नभए पनि व्यक्तिगतमाथि प्रहार गर्दै व्यवस्थालाई असफल बनाउने दाउमा विभिन्न शक्तिहरू लागि परेको उनले बताइन ।

पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले पूर्णता पाए पनि अझै पूर्ण रूपमा पूर्णता पाउन नसकेको समेत बताएकी छिन् । सरकारले पूर्णता पाए अझै केही संरचना निर्माणको काम बाँकी रहेकाले सरकारले त्यस तर्फ अग्रसर बन्दै गइरहेको बताएकी छिन । जससँगै सरकारले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुु¥याउन विधेयक तथा कानुन निर्माणको पाटोलाई समेत तीव्रताका साथ लगेको उनको भनाइ थियो । जसका लागि सरकार सदन सञ्चालनको समेत तयारी गरिएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com