प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ को मतगणना जारी छ । पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार मत घटाएका छन् ।
उनले अहिलेसम्म १० हजार २५९ मत प्राप्त गरेका छन् । वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत ल्याएका छन् । उनी र वाग्लेबीचको मतान्तर ५ हजार २५६ रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेका छन् । उनी शीर्ष स्थानका वाग्लेभन्दा ७ हजार ४६२ मतले पछाडि रहेका छन् ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार कुल १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको त्यहाँ उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ ।
विभिन्न ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा रहे पनि तनहुँ–१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ ।








































