चितवन-२, बारा- २ र तनहुँ- १ मा आज भएको उपनिर्वाचनको मतदान गर्ने समय सकिएको छ ।
निर्वाचन आयोगले मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकेको थियो । तोकिएको समयभित्र मतदान केन्द्रमा लाइन लागिसकेकाहरूले भने मतदान गर्न पाउने छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दिएको जानकारी अनुसार बारा- २ मा ५ बजेसम्ममा करीब ६० प्रतिशत जति मतदान भएको अनुमान गरिएको छ ।
चितवन- २ र तनहुँ- १ बाट विवरण प्राप्त नभएको उनले बताए ।








































