काठमाडौं । ओमानले एसीसी प्रिमियर कपमा दोस्रो जित निकालेको छ । आइतबार ओमानले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध आठ विकेटको सहज जित निकाल्यो ।
मलेसियाले प्रस्तुत गरेको २२८ रनको लक्ष्य ओमानले ४१.४ ओभरमा दुई विकेट गुमाएर भेटायो ।

ओमानको जितमा जतिन्दर सिंहले १०१ रन बनाए । उनले १११ बलमा १३ चौका र एक छक्का प्रहार गरे । कश्यप प्रजापतीले ६६ र कप्तान जिसान मक्सुदले ५२ रन बनाए ।
मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए ।
त्यसअघि टस हारेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो ।









































