सिद्धार्थ राजमार्गमा पाल्पाबाट बाग्लुङ गइरहेको बस दुर्घटनामा परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेलाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।

बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































