काठमाडौं । रास्वपा र एमालेका उम्मेदवारले चितवनका चितवन क्षेत्र नम्बर २ मा भइरहेको निर्वाचनमा आफूलाई मतदान गर्न पाएनन् ।
यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका रविले पनि आज आँफैलाई मतदान गर्न नपाएका हुन् । त्यस्तै एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले पनि आफैलाई मतदान गर्न पाएनन् ।

रवि लामिछाने सो क्षेत्रको मतदाता नरहेकाले मतदान गर्न नपाएका हुन् । त्यस्तै न्यौपानेको मतदाता नामावलीमा नाम नै नभएकाले मतदान गर्न नपाएका हुन् । उता नेपाली काँग्रेसका उम्मेदजार जीतनारायण श्रेष्ठले भने आफूलाई मतदान गरिसकेका छन् ।








































