चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भविष्य नरहेको टिप्पणी गरेका छन् ।
मतदानको लागि चितवन आएका उनले पत्रकारसँग कुराकानी गर्दै जनताको परीक्षणमा रहेको रास्वपाको भविष्य नरहेको बताएका हुन् ।

जनताहरु रास्वपाप्रति आकर्षण भएपनि रास्वपाले जनताको आकांक्षा अनुसार काम गर्न नसकेको उनको आरोप छ ।
६ महिनाको तयारी गरेर २० सिट ल्याएको रास्वपाले जनताको आकांक्षा अनुसार काम गर्नेमा विश्वास नरहेको टिप्पणी गरे ।
रास्वपाले पफमेन्स देखमउन बाँकी रहेकोले आम जनताहरुले उनिहरु प्रति बिश्वास गर्ने अवस्था नरहेको उल्लेख गरे ।
बादलले अहिलेको निर्वाचन राजनिती स्थायित्वका लागि उपनिर्वाचन महत्वपूर्ण रहेको बताए ।
‘बादल’ले नयाँ पार्टी प्रति बिश्वास बढ्दै जानुमा ठूला र पुराना पार्टीले जनभावना अनुसार काम गर्न नसकेको पनि तर्क गर्दै पुराना पार्टीले कम्जोरी सच्याउनु पर्ने पनि बताए ।
चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र पर्ने १० वटा वडाहरू छन् ।
४३ स्थानमा १३८ मतदान केन्द्रहरू तयार भएका छन् । चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्र छिरेका मतदाताले मतदान गर्न पाउने छन् ।
मतदान सकिए लगत्तै मतपेटिकाहरू संकलन गरेर भरतपुर ल्याइने छ ।
भरतपुर दुरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुने छ ।








































