काठमाडौ : गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका वडा नं ७ घर भएका प्रदिप पाण्डेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
गए राति काठमाडौको तार्केश्वर नगरपालिका स्थित जरङ्खु पुल नजिक उनको बाइक पोलमा ठोकिएर मृत्यु भएको पारिवारिक स्रोतलेबताएको छ ।
राती १० बजे साथीलाई घर पुर्याएर फर्कने क्रममा बाइक तिव्र गतिका कारण अनियन्त्रित भई पोलमा ठोकिन जादा उनको घटनास्थलमै मृत्यु भएको बताईएको छ । घटना हुनसाथ बालाजु प्रहरी वृतबाट खटिएका प्रहरीहरु घटनास्थलमा पुगेका थिए ।
पाण्डेको शव अहिले चितवन लगिएको छ ।








































