Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०९:२५ दिउँसो
- ADVERTISEMENT -

“म सतर्क छु” डिजिटल ठगी विरुद्धको अभियानमा पुरुष र महिला फुट-टेक फुटसल २०२३ हुने

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

244
Shares

काठमाडौं।
आइ.टि., प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि सुरू हुँदै छ । डिजिटल प्रणालीका सेवाप्रदायकहरू एकजुट हुने यो बृहत् कार्यक्रम मैत्रीपूर्ण प्रतिष्पर्धा “म सतर्क छु” नामक डिजिटल ठगी विरुद्धको अभियानको एक कार्यक्रम पनि हो ।

यस फुट-टेक फुटसल २०२३ प्रतियोगितामा देशका अग्रणी आइ. टि., प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायक कम्पनीहरू एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यस कार्यक्रमको उद्देश्य उद्योग व्यवसायीहरूबीच सहकार्य, सौहार्द्रता, तथा स्वस्थ प्रतिस्पर्धाको प्रवर्धन गर्ने नै हो । यो फुटसल प्रतियोगिता १ महिना नै चल्नेछ भने आगामी जेठ महिनामा यो प्रतियोगिताको फाइनल खेल खेलिनेछ ।

यो फुटसल प्रतियोगिता एउटा खेलकुदको बृहत् कार्यक्रममात्र नभई डिजिटल ठगी र वो डिजिटल युगमा आफ्नो पहिचान तथा जानकारी सुरक्षित राख्नुपर्ने सचेतता प्रवर्धन गर्ने “म सतर्क छु” भन्ने सन्देशसहितको अभ्यास पनि हो । “म सतर्क छु” अभियान डिजिटल ठगीका विभिन्न रूपहरू जस्तै फिसिङ, पहिचान चोरी तथा अन्य अनलाइन घोटालाहरूबारे मानिसहरूलाई जानकारी गराउने पहल हो। यस अभियानले आइ.टि., प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायक उद्योगले सबैका लागि सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने आशा राखेको छ ।

फुट-टेक फुटसल प्रतियोगिता २०२३ बाहेक “म सतर्क छु” अभियानले वर्षभरि विभिन्न कार्यक्रमहरू र सचेतनामूलक कार्यक्रमहरू प्रस्तुत गर्नेछ। यी कार्यक्रमहरूको उद्देश्य साइबर सुरक्षाको महत्त्व बारे मानिसहरूलाई शिक्षित गर्ने र सुरक्षित अनलाइन अभ्यासहरूलाई बढावा दिने बारे रहनेछ । अभियानले मानिसहरूलाई डिजिटल ठगीबाट आफूलाई बचाउनका लागि स्रोतहरू पनि उपलब्ध गराउनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -