जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुईजनाको मृत्यु भएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको हो । त्यस्तै, दुईजना घाइते भएका छन् ।
उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरीडोरमा पर्छ । फाइल तस्विर








































