Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:४४ दिउँसो
- ADVERTISEMENT -

मलेसियाविरुद्ध १५३ रनमै समेटियो साउदी

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

258
Shares

काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार साउदी अरेबियाले मलेसियासामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिमा आएको साउदी ४६.२ ओभरमा १५३ रनमै समेटिएपछि मलेसियाले १५४ रनको मध्यम लक्ष्य पाएको हो ।

साउदीका हसीब घफुरले ४० रन बनाए । अब्दुल वहिदले ३६, कप्तान हिसाम शेखले २१ र अतिफ उर–रहमानले १८ रन बनाए ।

साउदीलाई सस्तैमा समेट्न खिर हायातले तीन विकेट लिए । मुहम्मद वफिक, रिजवान हैदर र अन्वर रहमानले समान दुई विकेट लिए । विरन्दिप सिंहले एक विकेट लिए ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको मलेसियाको यो दोस्रो खेल हो । यसअघि, पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । साउदीको भने यो पहिलो खेल हो ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कूल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -