Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३४:०५ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन, शीर्ष नेताहरुको दौडधुप

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

308
Shares

काठमाडौँ । यही वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार नै राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु बिहीबार दिनभर अन्तिम प्रचारमा जुटेका छन् ।

मतदान सुरू हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरुलाई बिहीबार दिनभर मात्रै प्रचार प्रसारको समय रहेको हो । मौन अवधि सुरू भएपछि कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुले बिहीबार दिनभर सबै शक्ति चुनाव प्रचारमा लगाउने भएका छन् । सत्ता गठबन्धनले बिहीबार बारा क्षेत्र नम्बर २ मा कार्यक्रम गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललगायतका नेताहरु गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचार गर्न बारा जाने भएका छन् ।

गठबन्धनका शीर्ष नेताहरु बाराबाट चितवनको क्षेत्र नम्बर २ मा हुने चुनावी सभामा सहभागी हुन जाने कार्यक्रम रहेको छ । चितवनको चुनावी सभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ पनि सहभागी हुने कार्यक्रम छ । यस्तै, प्रतिपक्षी नेकपा (एमाले) ले पनि बिहीबार शीर्ष नेताको उपस्थितीमा बारामा चुनावी सभाको आयोजना गर्दैछ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, सचिव रघुवीर महासेठलगायतले सम्बोधन गर्ने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -