Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०६:२३ दिउँसो
- ADVERTISEMENT -

मुलुक बचाउन पार्टीको झोला त्यागेर नेपालीहरु सडकमा उत्रन ढिलो भएन ?

प्रकाशित मिति: २०८० वैशाख ६, बुधबार

165
Shares

काठमाडौं।
नेपालको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी छन् । तर, उनीहरुलाई मुलुक र जनताको चिन्ता छैन । विदेशीसँग ऋण लिने, नखाएको ऋणको भार नेपाली जनताको टाउकोमा बोकाउने अनि मुलुक अन्य देशलाई बेच्ने काम अहिले उनीहरुले गरिरहेका छन् । पछिल्लो समय नेपाल सरकारले विदेशीसँग लिएको ऋण मिटरब्याजमा लिइएको छ । यता पहिला लिएकै ऋणको साँवाब्याज तिर्न नसक्दा नेपाल कालोसुचीमा गर्न थालेको छ । केही दिनअघि मात्र सरकारले विदेशी मुलुकबाट ७२ अर्ब ऋण लियो । अब यो पनि नेपाली जनताकै टाउकोमा थपिएको छ ।

अहिले एकै नेपालीको टाउकोमा ९० हजार विदेशी ऋण पुगिसकेको छ । सरकारले विदेशीसँग त ऋण लियो । तर, यो ऋणले कतिन्जेल सरकारी कर्मचारी, जनप्रतिनिधि, सांसद, सभामुखले तलबभत्ता खालान् ? त कति ज्येष्ठनागरिकहरुले भत्ता खालान् ? यसरी सरकारी कर्मचारीहरुलाई तलबभत्ता खुवाउनका लागि पनि सरकारले विदेशीसँग ऋण लिइरहेको छ । यो ऋणले सरकारले उनीहरुलाई एक महिनाको तलबभत्ता त देला । तर, त्यसपछि के गर्ने ? फेरि विदेशीसँग ऋण लिएर उनीहरुलाई तलबभत्ता खुवाउने कि उनीहरुको सेवासुविधा कटौती गर्ने ? अहिले सर्वसाधारण जनता भन्छन्, ‘पेन्सन खानेको पेन्सन कटौती गर्नुपर्छ, जनप्रतिनिधि र सरकारी कर्मचारीको तलब कटौती गर्नुपर्छ ।’ देश सबै जनताको हो । त्यसैले, सरकारी कर्मचारीहरुलाई तलबभत्ता खुवाउनका लागि विदेशी मुलुकलाई नेपाल बेच्न नपाइने उनीहरुको भनाई छ । श्रीलंकाले पनि सुरुमा धमाधम अन्य मुलुकबाट ऋण लियो तर कित्ता वा ऋण तिर्न नसकेपछि श्रींलकामा आर्थिक संकट निम्तियो ।

अहिले हाम्रो देशको अवस्था झन् त्योभन्दा जटिल तिर गइरहेको छ । बेलैमा यसप्रति ख्याल नगरे मुलुक झन् संकटमा जाने छ । जनताबाट चुनिएर गएका सांसदहरु सदनमा उभिएर अब विदेशी ऋण लिनुहुदैँन, बरु हामीलाई तलबभत्ता चाहिदैँन भनेर भन्दँैनन् ।
यता सांसद ज्ञानेन्द्र शाहीले मुलुक धितो राखेर सरकारले दिएको तलबभत्तावापत खेलाडीहरुलाई महिनामा तीन हजार दिने घोषणा गरे । तर, मुलुकमा यस्तो आर्थिक संकट निम्तिदा आफ्नो तलबभत्ता र सेवासुविधा भने उनले त्यागेनन् । मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसकेको वा विदेशी मुलुकको हस्तक्षेप नेपालमा बढ्दै गएको कुरा अहिले भूरादेखि बूढासम्मलाई थाहा छ । बजारमा पाँच सय र हजारको नोट हाहाकार छ । महंगीले सीमा नाघ्रिसकेको छ । निजी कम्पनी, संघसंस्था, होटल, रेष्टुरेन्ट, उद्योग, पसल, घरायसी काम गर्नेहरुको तलब बढ्नुको त कुरै छोडौँ । पाउने तलब समेत उनीहरुले वर्षोदेखि पाएका छैनन् । त्यस्तै, ३५ हजारभन्दा बढी सहकारी संघसंस्थामा ९७ लाखभन्दा बढी जनताको २० खर्ब रकम डुबेको छ ।

मुलुकभर दर्ता भएकामध्ये ९५ प्रतिशत सहकारी डुबेर भागिसकेका छन् भने सञ्चालनमा रहेका अन्य सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गर्दैनन् । त्यसैले, सहकारीमा रकम राखेका बचतकर्ताहरु अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकमा पनि यस्तै तरलताको अभाव छ । एक लाखको चेक लिएर गएमा २५ हजार लिएर जानुस् भनिन्छ । केही समययता बैंक तथा वित्तिय संस्थामा बचत गर्नेभन्दा पनि आफ्नो बचत निकाल्नेको लाम छ । बैंक तथा वित्तिय संस्थामा घरजग्गा, गाडी र सेयर धितो राखेर कर्जा लिएकाहरुले वर्षोदेखि साँवाब्याज तिरेका छैनन् । तर, यता त्यो धितो लिलाम गरेर बेच्छु भन्दा पनि बैंक तथा वित्तिय संस्थाले गरेको लगानी उठाउन सक्दैँनन् ।
बैंक तथा वित्तिय संस्था टाट पल्टिएको कुरा सर्वसाधारणको कानमा परेपछि उनीहरुले आफुसँग भएको रकम त लुकाए नै तर बैंक तथा वित्तिय संस्थामा भएको रकम पनि धमाधम निकालेर घरमा लुकाए । बैंकहरु घाटामा जान थालेपछि उनीहरुले आफ्नो शाखा कार्यालय बन्द गर्न थालेका छन् त शेयर होल्डरहरुलाई नाफा बापतको रकम पनि दिन छोडेका छन् ।

यता सहकारीको त कुरै छोडौँ । उनीहरुले वर्षोदेखि घरधनीको भाडा दिएका छैनन्, सरकारीलाई तलब दिएका छैनन् त बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । त्यस्तै, पछिल्लो समय बजारमा मन्दी छाएको छ । व्यापारीहरु दिनभरि सटर त खुल्ला राखेर बस्छन् । तर, सामान किन्न भने कोही पस्दैँन । एक वर्षसम्म दिनमा एक÷दुई लाखसम्म व्यापार हुने पसलमा अहिले कुनै दिन व्यापार नै हुदैँन त कुनै दिन एक÷दुई हजारको हुन्छ । एउटा सटरको ठाउँअनुसार महिनाको भाडा २० हजारदेखि १० लाख, एक फल्याटको ३० हजारदेखि २ लाख र एउटा कोठाको ५ हजारदेखि १३ हजारसम्म छ । तर, पछिल्लो समय मन्दीका कारण व्यापारीहरु तीन महिनादेखि वर्ष दिनसम्मको भाडा तिर्न नसकेको गुनासो गर्छन् । खाद्यान्न, माछामासु, औषधी बेच्ने पसलहरु अहिले चलेका छन् भने अन्य पसल झिँगा धपाएर बसिरहेका छन् ।
धेरैजसो कोठा, फल्याट र सटर अहिले खाली रहेको भेटिन्छ । किनकि महँगीका कारण अधिकांश मानिसहरु आफ्रनै जन्मथलो फर्किएका छन् । दुई वर्षअगाडि आनाको ६० लाखमा किनेको घडेरी पैसाको खाँचो परेर त्यसको आधा मूल्यमा बिक्री गर्छुभन्दा समेत बिक्री नहुने अवस्था छ ।

३२ सयमा एक कित्ता किनेको सेयर अहिले हजार रुपैयाँमा बेच्छु भन्दा बिक्दैँन । त्यस्तै, दुई वर्षअगाडि २० लाख मूल्य बराबरमा किनेको गाडी अहिले ५ लाखमा बेच्छुभन्दा बिक्दैँन । उता दुई वर्षअगाडि एक करोड मूल्य बराबरमा किनेको घरजग्गा बैंकमा धितो राखेर ५ लाख कर्जा दिनुस् भन्दा समेत बैंक लगानी गर्दैन । बचतकर्ताहरुले बैंक तथा वित्तिय संस्थाबाट सबै रकम निकालिसकेका छन् । त्यसैले, अहिले बैंक तथा वित्तिय संस्थाले कर्जा लगानी गर्न सकेका छैनन् भने बजारमा पैसाको हाहाकार छ । सरकारले पाँच सय र हजारको नोट पनि प्रतिबन्ध गरेन भने दुई हजारको नयाँ नोट पनि निकालेन । बजारमा पछिल्लो समय घरजग्गा, गाडी र सेयर बेच्ने यत्तिकै छन्, तर किन्ने कोही छैन । सरकारकै लापरबाहीका कारण हिजो जग्गा दलालीहरुले खेतीयोग्य जमिन घरधनीसँग ५ लाखमा किनेर खण्डीकरण गरी आनाकै ७० लाखमा बेचे । जसले गर्दा आज त्यत्ति महंगो मूल्यमा जग्गा किन्नेहरु त फसे नै तर मुलुकमा खाद्यान्न संकट समेत निम्तिन थाल्यो । यसैगरी, बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर सेयर दलालीहरुले कित्ताकै ५ हजारमा बेचे त किलोको पाँच सयमा बिक्री नहुने फलाम भारतले गाडी बनाएर नेपाललाई करोड मूल्य समेतमा बेच्यो । केही गरी अन्य मुलुकले नेपालमा एक हप्तामात्रै खाद्यान्न नपठाएमा यहाँ भोकमारी सुरु हुनेछ ।

२०३१÷०३२ सालमा हाम्रो मुलुकले अन्य मुलुकमा खाद्यान्न पठाउन्थ्यो । तर, अहिले नेपाल नै अन्य मुलुकको खाद्यान्नमा भर परेर बस्नुपरिरहेको छ । सरकारले खेतीयोग्य जमिनमा घर र बाटो बनाउन दिँदा पनि आज यो अवस्था आएको हो । ९५ प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । तर, यी क्षेत्रमा अहिले पूरै मन्दी छाएको छ । ऋण तिर्न नसकेर कति दलाली भागिसकेका छन् त कति मरिसकेका छन् । त्यस्तै, मालपोत र यातायात कार्यालय सुनसान छ । राज्यको ढुकुटीमा राजस्व संकलन ठप्पै भइसकेको छ । बैंक तथा वित्तिय संस्थामा धितो राखेर ऋण लिएका ऋणीहरुले हामी ऋण तिर्न सक्दैनौँ बरु धितो नै लिलाम गर्नुस् भनेर भनिसकेका छन् । यसरी बैंक तथा वित्तिय संस्थाले गरेको लगानी उठाउन नसकेपछि अहिले बचतकर्ताहरु डुब्ने अवस्थामा पुगेका छन् । बैंक तथा वित्तिय संस्थामा बचत गर्ने र ऋण लिने दुवैलाई अहिले चिन्ताले बसिटिक्नु भएको छैन । उनीहरलाई न निन्द्रा नै लाग्छ न भोक । तर, यता राष्ट्रिय बैंकका गर्भनर महाप्रसाद अधिकारी भन्छन्, ‘मलाई पोहोरसम्म निन्द्रा लाग्दैँन्थ्यो अहिले लाग्छ ।’ के जनता र राष्ट्रलाई डुबाएर गर्भनर अधिकारीलाई निन्द्रा लाग्न थालेको हो ? बजारमा एकातिर महंगी हवात्तै बढेको छ, अर्कातिर बेरोजगारी छ । अनि कसरी जनता बाच्ँने ? जनताले राज्यलाई कर तिर्न छोडिसकेका छन् भने बजारमा चीन र भारतमध्ये कुन देशले नेपाल लिने कुरामा बहस सुरु भइसकेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अहिले राजनीतिक दलमाथि हिलो छ्यापेर राजा फर्काउनतिर लागिपरेका छन् । तर के राजा आएर यो समस्या समाधान गर्न सक्छ ? प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्ड अहिले पनि उद्घाटन कार्यक्रममै व्यस्त छन् । उनलाई पनि देश र जनताको केही चासो छैन । सरकारी खर्च कसरी कटौती गर्ने र देश कसरी जोगाउने भन्ने कुरामा अहिले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एस आदिलाई पनि केही मतलब छैन । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा २०५२ सालदेखि २०६३ सालसम्म हिजो जनयुद्धमा १७ हजार नेपाली जनता मारियो । अब उनकै पालामा देश पनि अन्य मुलुकलाई जिम्मा लगाइने भयो । तर, विपक्षका दल भने प्रचण्डको अगाडि निरीह भएर बसिरहेका छन् । त्यसैले, अब देश र जनताको माया छ भने कुनै पार्टीको कार्यकर्ता नभई नेपालीको रुपमा देश बचाउनका लागि सडकमा उत्र्रिन ढिलो भइसकेको छ । किनकि समय फर्केर आउँदैन । अझै पनि नेपालीहरु सीमित पार्टीको कार्यकर्ता भएर बस्ने हो भनेअब नेपाल रहदैँन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -