स्प्रिङ सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ३ सय १९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ५६ देशका ३ सय १९ जनाले आरोहरणका लागि अनुमति लिएका हुन् ।
४ वैशाख २०८० सम्म आरोहणका लागि अनुमति लिएकाहरूको तथ्यांकअनुसार ५४ जना महिलाले पनि सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि २ सय ६५ जना पुरुषले अनुमति लिएका छन् ।
विभागका अनुसार सगरमाथा आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिकाबाट रहेका छन् । संयुक्त राज्य अमेरिकाबाट ५९ जनाले अनुमति लिएकोमा पुरुष् ५३ जना र महिला ६ जना रहेका छन् ।
दोस्रो सबैभन्दा धेरै आरोहण अनुमति लिनेमा चीनबाट रहेका छन् । चीनबाट अनुमति लिनेमा ४८ जना रहेका छन् । त्यसमध्ये १० जना महिला रहेका छन् ।
सगरमाथा आरोहणका लागि अनुमति लिने महिलाहरूमा चीनबाट सबैभन्दा बढी रहेका छन् । भारतबाट ३१ जनाले आरोहणको अनुमति लिएका छन् । भारतबाट अनुमति लिनेमध्ये ७ जना महिला रहेका रहेका छन् ।
सगरमाथा आरोहणका लागि अनुमति लिने महिलाको संख्या क्रमशः चीन, भारत र अमेरिका रहेका छन् ।
सगरमाथा आरोहणका लागि अनुमति लिनेको सूचीमा नेपाल भने छैटौँ स्थानमा रहेको छ । नेपालबाट १२ जनाले अनुमति लिएका छन् । बेलायतले नेपालको भन्दा कम अर्थात १० जनाले मात्रै अनुमति लिएका छन् ।
त्यसैगरी, अफगानिस्तान, अर्जेटिना, अजरवैजान, बोस्निाया हर्ज गोविना, फिनल्याण्ड, क्युवा, ग्रीस, इटाली, काजकस्तान, मलेसिया, न्युजिल्याण्ड, रोमानिया र सोल्भाकिया, यूएई, कोस्टारिका, चिली, युगान्डाबाट एक/एकजना रहेका छन् ।
रसियाबाट १८, क्यानडाबाट १७ , नेपालबाट १२, बेलायतबाट १० मेक्सिकोबाट ९, युक्रेन, फ्रान्स, अष्टे«लियाबाट ७/७ जनाले अनुमति लिएका छन् । त्यसैगरी, जर्मनीबाट ६ जना रहेका छन् ।








































