Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५५:३६ दिउँसो
- ADVERTISEMENT -

गृह मन्त्रालयकाे एक वर्षकाे सुराकी खर्च ९२ लाख ९७ हजार रुपैयाँ

प्रकाशित मिति: २०८० वैशाख ४, सोमबार

181
Shares

काठमाडौँ । शान्ति सुरक्षा खर्चको नाममा गृह मन्त्रालयमा हुने आर्थिक अनियमितताको ठूलै हिस्सा भेटिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मात्र सुराकी (शान्ति सुरक्षा खर्च) को नाममा गृह मन्त्रालयबाट १ करोड ६८ लाख ९७ हजार रुपैयाँ खर्च भएको भेटिएको हो ।

यस्तो खर्च गृह मन्त्रीभन्दा बढी गृह सचिवबाट हुने गरेको प्रमाण महालेखापरीक्षकको कार्यालयले ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ ।

शान्ति सुरक्षा खर्च मन्त्रिपरिषद्को २०७८ असोज १४ गतेको निर्णयअनुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रुपैयाँ र गृह सचिवले २५ हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था छ ।

उक्त निर्णयका आधारमा आर्थिक वर्षमा शान्ति सुरक्षा खर्च शीर्षकमा गृहमन्त्रीबाट ७६ लाख रुपैयाँ खर्च भएको देखिएको छ भने गृह सचिवबाट ९२ लाख ९७ हजार खर्च भएको महालेखापरीक्षकले प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्षमा बहालवाला मन्त्रीले भन्दा १६ लाख ९७ हजार रुपैयाँ बढी खर्च गृह सचिवले गरेको देखिएको छ ।

नियम अनुसार यस्तो खर्चको प्रमाण खोजी गर्नुनपर्ने व्यवस्था छ । यसैले यस्तो शीर्षकको खर्च अपारदर्शी हुने मात्र नभइ आर्थिक अनियमिततामा गएको हुन सक्ने खतरा समेत उत्तिकै छ ।

२०७९ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णयले उक्त शीर्षको खर्च नै खारेज गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व परिवर्तन गर्दै गृह मन्त्रालय पुगेका मन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेलगत्तै सुराकी शीर्षमा हुने खर्च कटौती गर्ने पहिलो निर्णय गरेका थिए । सोही निर्णय कार्यान्वयन गर्दै मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट उक्त खर्चको शीर्षक खारेज गर्न सफल भएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -