Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२८:५४ दिउँसो
- ADVERTISEMENT -

चितवनको परिणाम दोहोरिए पुनः उप निर्वाचन हुन्छ : एमाले सचिव भट्टराई

प्रकाशित मिति: २०८० वैशाख ३, आइतबार

404
Shares

चितवन, बैशाख ३ गते । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनको उपनिर्वाचनमा विगतको परिणाम दोहोरिएमा फेरि उपनिर्वाचन हुने बताउनुभएको छ । 

प्रेस चौतारी चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएमा फेरि उप निर्वाचन हुन्छ त्यसैले मतदाताले विचार गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “चितवन क्षेत्र नं. २ मा पुनः उपनिर्वाचन हुने स्थिति नआओस् ।” के आधार अहिले उपनिर्वाचन हुँदैछ, त्यही आधारमा पुनः निर्वाचन हुने अवस्था सिर्जना हुन्छ । 

सचिव भट्टराइले भन्नुभयो “उपनिर्वाचन किन भयो आज पनि त्यो आधार जीवितै छ ।” नेपालको संविधान र कानुनले प्रतिनिधिसभाको सदस्य हुन जुन योग्यता तोकेको छ त्यो योग्यताका कारणले पुरानो नतिजा दोहोरियो भने उपनिर्वाचन हुने कुरा लगभग सुनिश्चित भएको छ ।

लामिछानेले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्रायश्चित गरेर बस्नुपर्नेमा जोड दिनुभयो ।  “एउटा सभ्य समाजमा मानिसले गल्ती गर्न सक्छ । त्यो गल्तीप्रति माफी पनि हुन्छ । तर सभ्य समाजमा समाजलाई ढाँट्ने कुरा ठूलो अपराध हो ।” लामिछानेले गल्ती गरेको नभई ढाँटेको बताउँदै उहाँले भन्नुभयो “समाज र राज्यलाई ढाँटेको हो । सिङ्गो मुलुकलाई ढाँटेको हो । संविधान, कानुन यी सबै कुरालाई ढाँट्नु भएको हो । त्यसकारण उहाँले पाँच वर्ष ढाँटेकोप्रतिको प्रायश्चित गरेर बस्नुपर्ने हो । फेरि ढाँट्ने कोसिस गर्दै हुनुहुन्छ ।”

कार्यक्रममा उहाँले जनचाहना अनुसार सरकारले काम गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । राजश्व सङ्कलनमा र विकास खर्च गर्न नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो । राज्यले लिएको लक्ष्यअनुसार राजश्व सङ्कलनको अवस्था भएको छैन, आर्थिक वर्ष सकिन अब तीन महिना बाँकी हुँदा कसरी पुग्न सकिन्छ, उहाँले भन्नुभयो । सरकारले विकास खर्च गर्न नसकेको कारण राज्यको काम गर्ने शैलीबारे प्रस्ट भएको बताउनुभयो । 

आर्थिक सङ्कटबाट देशलाई माथि उकास्न सरकार उदासीन भएको भन्दै उहाँले बैङ्कसँग पैसा भएर पनि ऋण लिएर व्यवसाय गर्ने वातावरण नभएको बताउनुभयो । गोरखापत्रबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -