Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२८:५४ दिउँसो
- ADVERTISEMENT -

सञ्चालनमा आयो गैंडाकोट–मौलाकालिका केबलकार

प्रकाशित मिति: २०८० वैशाख १, शुक्रबार

403
Shares

काठमाडाैं । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि केबलकार सञ्चालनमा आएको छ । शुक्रबार विहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो ।

केबलकारको तल्लो स्टेशनबाट गैंडाकोट नगरपालिका वडा नं. ६ निवासी एक सय वर्षीया सरस्वती कँडेल र माथिल्लो स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल पहिलो यात्रुका रुपमा केबलकारमा यात्रा गरेर केबलकार शुभारम्भ गरिएको हो ।

उदघाटनको अवसर पारेर केबलकारले दुईतर्फी मूल्य (आउन र जान) ५५० रुपैयाँ तोकेको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि ३३०, विद्यार्थीहरुको लागि ४१५, जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरु (अपाङ्ग) का लागि २७५ रुपैयाँ टिकट दर तोकेको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । केबलकारको टिकट मोबाइल एप्लीकेशनमा आईएमई पे डाउनलोड गरेर समेत काट्न सकिने छ ।

झण्डै एक अर्ब ५० करोड रूपैयाँको लागतमा होटलसहितको केबलकारको औपचारिक उदघाटन भने मध्य वैशाखसम्म गर्ने तयारी रहेको छ । एक हजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रु बोक्ने डब्बा ९गोन्डुला० र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता मौलाकालिका केबलकार प्रा.लि.आईएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको कम्पनीको भनाइ छ । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीले जनाएको छ ।

केबलकारको माथिल्लो स्टेशनमा ६० कोठासहितको सुविधा सम्पन्न होटल बन्दैछ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार होटल सञ्चालन गर्न अझै ५ महिना लाग्नेछ । होटलको टपमा हेलिप्याड रहने छ । ४५ सय जना अट्ने सभाहल, स्वीमिङ्ग पुलसहितको व्यवस्था हुने ढकालले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -