Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०९:२७ दिउँसो
- ADVERTISEMENT -

मुना,लमसुङ ,मुदी र ताकममा सांसद गर्बुजाको जनभेटघाट (तस्बिरहरू)

प्रकाशित मिति: २०७९ चैत ३०, बिहीबार

230
Shares

बेनी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो ।चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद गर्बुजालाई स्थानीयबासीहरुले सडक, पुल ,खानेपानी,भवन, पदमार्ग,खानेपानी र पर्यटन सँग सम्बन्धी योजना माग गरेका छन् ।

मुनाबासीले भवन निर्माण, फलियागाउँ संरक्षण,ताकमबासीले अलपत्र विद्यालय भवन निर्माणलाई सुचारु गर्न,यसअघिको ताकम घना वस्ती विकास कार्यक्रमलाई निरन्तरता दिन ,लमसुङबासीले लघुजलविद्युत आयोजनालाई व्यवस्थित गरिदिन ,खानेपानी  र वस्तीलाई नदी कटानबाट जोगाउन ,सडक स्तरोन्नती ,मुदीबासीले पर्यटकीय पदमार्ग निर्माण ,विद्युतीकरण ,तातोपानी कुण्डमा शौचालय निर्माण संगै पुर्वाधार निर्माण र ढल निकास लगायत माग गरेका थिए । सांसद गर्बुजाले सम्बद्ध कार्यालय र मन्त्रालयसँग समन्वय गरेर सम्भव भए तत्कालै नभए आगामी वर्षको योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जिल्लाको विकास र समृद्धीको लागि स्थानीय ,प्रदेश र संघीय सरकारविच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । चुनावमा गरेका वाचा अनुसारनै प्रतिवद्ध भएर जनताको सेवा, नीति निर्माण, विकासका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

आफुहरु निर्वाचित भएपछि जिल्लामा अलपत्र आयोजना सुचारु गर्न र निर्मााणाधिन आयोजनालाई तिब्रता दिनका लागि काम गरिरहेको सुनाउनुभयो । आफ्नो कार्यकालमा दरबाङ–मुना सडक कालोपत्रे र ढोरपाटनलाई सडकले जोड्न प्राथमिकता दिएको बताउनु भएको छ ।म्याग्दी हुँदै ढोरपाटनलाई सडकले जोड्न सकेमा मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रयत्न गरेको बताउनुभयो ।उहाँले विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

जनभेटघाट कार्यक्रममा कांग्रेस म्याग्दीका वरिष्ठ नेता तथा अधिवक्ता चिरञ्जीवि शर्मा ,धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन ,उपाध्यक्ष रेशम पुन ,वडा नम्बर २ का वडा अध्यक्ष अकप्रसाद विक, वडा नम्बर ३ का वडा अध्यक्ष देविन्द्र रोका,वडा नम्बर ४ वडा अध्यक्ष यामबहादुर घर्ती र वडा नम्बर ७ का अध्यक्ष अशोक खत्री लगायतको सहभागिता रहेको थियो । सांसद गर्बुजाले बेनी–दरबाङ सडक आयोजनाको निरिक्षण गर्नुभएको थियो । भने उहाँ संगै धवलागिरी गाउँपालिका अध्यक्ष पुन ,उपाध्यक्ष पुन र प्रम्ख प्रशासकीय अधिकृत ध्रुव रिजाल लगायतले गाउँपालिकामा निर्माणाधिन योजनाहरुको अनुगमन समेत गरेका थिए ।यसैगरी कांग्रेस म्याग्दीका आमन्त्रित जिल्ला सदस्य नेता धवलागिरी गाउँपालिका–३,फलियागाउँ स्थित स्वर्गिय चकबहादुर मल्लको स्मृतीमा श्रद्धाञ्जली सभा कार्यक्रम समेत गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -